logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • राजमार्गमा संक्रमणको जोखिम बीच ड्युटी, सवारी साधनमा थप कडाइ गर्दै

    राजमार्गमा संक्रमणको जोखिम बीच ड्युटी, सवारी साधनमा थप कडाइ गर्दै

    1.5K
    Shares

    धादिङ : जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले  आइतबार साँझबाट पृथ्वी राजमार्गमा थप कडाइ गरेको छ  ।

    पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेपछि राजमार्गमा गुड्ने सवारी साधनमाथि निगरानी बढाइएको छ । पृथ्वी राजरामार्गमा गुड्ने सवारी साधनलाई  निगरानी बढाएको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख ईन्स्पेक्टर  नेत्रप्रसाद भट्टले  बताउनुभयो ।

    पछिल्लो समय सरकारले लकडाउनलाई कडाई गर्ने निर्णयपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ । यसअघि दिइएका सवारी पास खारेज गरेपछि राजमार्गमा गुड्ने सवारी साधनको संख्या ह्वात्तै बढेको थियो भट्टले बताउनुभयो । वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यायातका साधनले राजमार्गमा सवारी साधनको चाप बढेको थियो ।

    त्यस्तै गजुरीमा खटिएका ट्राफिक प्रहरी जवानहरु येति बेला फ्रन्टलाइनमा ड्युटी गरिरहेका छन्  । उपत्यका आउजाउ गर्ने प्रमुख राजमार्ग भएकाले सामान्य समयमा  ड्युटीमा रहँदा अति व्यस्त रहनुपथ्र्यो । सवारीसाधनको कम चाप रहँदा पनि उनीहरू अहिले सचेत र सतर्क छन् । भन्छन्, ‘पहिले र अहिलेमा निकै भिन्नता छ । संक्रमणमा परिने जोखिम छ, तर सावधानी अपनाउँदै खटिरहेका छौँ ।’

    मानिसले बोकेको पास हेर्न नजिक जानैपर्ने बाध्यता रहेको बताउँछन् । ‘सडकमा निस्केका मानिसलाई सम्झाइबुझाइ घर फर्काउन पनि नजिक जानैपर्छ,’ उनी भन्छन्, ‘त्यस्तो वेलामा तीन मिटरको दूरी कायम राख्नै सकिँदैन । ड्युटीमा खटिँदा संक्रमण हुने हो कि भन्ने डर लागिरहन्छ ।

    थप तस्वीरहरू :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend