काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवाका लागि २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरले आज एक सूचना जारी गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरुलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने जनाएको छ ।