logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजेट युवालाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको छ : अर्थमन्त्री पुन

    बजेट युवालाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको छ : अर्थमन्त्री पुन

    413
    Shares
    बजेट युवालाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको छ : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताए । उनले बजेट प्रस्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको महशुस गरेको बताए । उनले विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गरेको आधारमा सांसदहरुले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको बताए ।

    उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मुल आधार बनाएर बजेट ल्याएको दाबी गरे । उनले अर्थतन्त्र अफ्ठ्यारोबाट बिस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व आवश्यक भएकाले राजश्वमा कम क्षेत्र चलाएको बताए । उनले राजश्वका दर चलाएको क्षेत्र पनि उद्योग र उत्पादनको संरक्षण गर्र्ने भएको दाबी गरे । उनले बजेट बनाउँदा स्रोतको संकुचन महशुस गरेर बनाएको उल्लेख गरे ।

    राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रश्तुत गरेको बताए । उनले गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भन्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर राम्रो रहेको बताए । उनले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको आर्थिक वृद्धिदरको प्रक्षेपणले पनि देखाएको उल्लेख गरे । उनले अहिले पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आउन नसकेको भन्दै सरकारले यसमा मेहनत गरिरहेको बताए ।

    उनले भने,‘बजेट बनाउँदा स्रोतको संकुचन महशुस गरेका थियौं । राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि थियो । त्यो भन्दा यो राम्रो हो । यस अर्थमा मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको छ । सुखद् अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन । सरकारले यसमा मेहनत गरिरहेको छ । युवाहरुको चिन्ता र चासो बजेटले देशभित्रै भविष्य खोज्न सकिन्छ ।

    त्यो सरकारले प्रयत्न गर्छ भन्ने जिज्ञासा रहेको अवस्था थियो । जनताले बजेटमा ठूलो अपेक्षा गरेका थिए । निजी क्षेत्रले बजेटले आशा जगाउन सक्छ की सक्दैन । निजी क्षेत्रको मनोवल उकासन सक्छ की सक्दैन भनेर खबदारी गरेको थियो । बजेटको दबाब थियो । त्यही दबाबमा मुलुकको अर्थतन्त्र अहिले पनि रहेको छ । सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ । बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका मान्यसदस्यहरुबाट समेत स्रोतको संकुचनकाबीच पनि बजेट सन्तुलित र बस्तुवादी आयो भनेको सुन्दा पाउँदा सरकारले जिम्मेवारी पूर्वक बजेट प्रश्तुत गरेको महशुस गरेको छु । विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गर्नुभएको थियो ।

    सांसदबाट आएको सुझावहरुलाई आत्मसाथ गरौं । सरकारले नीति तथा कार्यक्रम प्रश्तुत ग¥यो । त्यसलाई हामीले मुलआधार बनायौं । सिमित साधन स्रोतलाई विनियोजन कुशलताका साथ जिम्मेवारी पूर्वक विनियोजन गर्ने प्रयास गरेका छौं । राजश्वका दरहरुमा निकै कम मात्रै चलाउन खोज्यौं । अर्थतन्त्र अफ्ठ्यारोबाट विस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोवल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व भएको राजश्वमा कम क्षेत्र समाएका छौं । राजश्वका दर उद्योग र उत्पादनको संरक्षण गर्न समाएका छौं ।’

    उनले बजेट युवाहरुलाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend