logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्वअर्थमन्त्री पौडेल

    चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्वअर्थमन्त्री पौडेल

    616
    Shares
    चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए । उनले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताए । पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी गरे । उनले अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे ।

    उनले बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो नभएको बताए । उनले बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जानसकिने बताए । उनले बजेटलाई महत्वकांक्षी भन्दा पनि उच्च आकाँक्षी भन्न मिल्ने बताए । उनले राजश्व संकलन,आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकाक्षा राखेको बताए । उनले अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाएको बताए । उनले चुनौतीपूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु अर्थमन्त्रीको लागि महत्वपूर्ण हुने बताए ।

    उनले जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन हुने अनुमान भएपनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गरेको भन्दै सहज नभएको बताए । उनले सरकारले राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको बताए । उनले वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेको तर आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित भएको भन्दै यो पनि सजिलो नभएको बताए ।

    उनले वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेको भन्दै आगामी आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा आगामी आर्थिक वर्षमा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रस्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि रहेको उल्लेख गरे ।

    उनले भने,‘बजेट तुलनात्मक रुपमा सन्तुलित छ । बाहिर आशका र अनुमान गरेका थिए । अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि आएका थिए । २० खर्बको हाराहारीमा बजेट बन्छ भनेर चर्चाहरु पनि आएका थिए । अर्थमन्त्रीले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रश्तुत गर्नुभएको छ । बजेटको आकार पनि तुलनात्मक रुपमा सन्तुलित मान्छु । बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो छैन । सजिलो नभए पनि यो सिमासम्म जानसकिन्छ । बजेटलाई महत्वकांक्षी भनेका छन् तर म महत्वकांक्षी भन्नदिन उच्च आकाक्षी बजेट भन्छु । राजश्व संकलन,आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको छ ।

    बजेटलाई उच्च आकाक्षी भन्दा राम्रो पदावली होला भन्ने लाग्छ । अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए । अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन । चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ । बजेट निर्माणको यो दृष्टिकोणलाई राम्रो मान्छु । सहज यात्रालाई जो कसैले पनि गर्न सक्छ । चुनौती पूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु महत्वपूर्ण हुन्छ । अर्थमन्त्रीले सहज ढङ्गले काम गर्दिन । अफ्ठ्याराहरुका बीचमा काम गछु । मुलुकका निम्ति चुनौतीका बीचमा काम गर्ने र चुनौतीलाई पार गर्ने अठोट लिनु भएको छ ।’

    ‘अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रश्तावहरु गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु । जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ । तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ । यो लक्ष्य सजिलो छैन । तर मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन ।

    वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेका छौं । आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित गर्नु भएको छ । वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेका छौं । २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नुभएको छ । यो प्रस्ताव पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन । राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा छौं । यस्तो अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि छ’ उनले भने ।

    पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए । उनले प्रस्तुत गरिएका स्रोत परिचालन,खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने,उत्पादनका क्षेत्रहरुमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हु सक्ने दाबी गरे । उनले अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुसँग बजेटका विषयमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्रीले शिर्ष नेताहरुसँग छलफल गर्नसकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको बताए ।

    पौडेलले नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको बताए । उनले उच्च स्तरको कार्यदल गठन भन्दा पनि राजनीतिक नेतृत्वले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम गर्ने भनेर आउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend