logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले ल्याएको बजेट सही दिशामा आएको छ : सांसद भुषाल

    सरकारले ल्याएको बजेट सही दिशामा आएको छ : सांसद भुषाल

    623
    Shares
    सरकारले ल्याएको बजेट सही दिशामा आएको छ : सांसद भुषाल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सही दिशामा रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बजेटको समर्थन गर्दै उहाँले बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवद्र्धन, कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक सेवाको क्षेत्रको विकास, समावेशिता र सामाजिक सुधार, सुशासन प्रवद्र्धन र सामाजिक सेवा प्रभावमा सुधारलाई जोड दिइएको बताए ।

    उनले ५ वटा प्राथमिकता राखेर बजेट आएको भएपनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले बजेटमा आलोचना गर्नुपर्ने कुराहरु पनि धेरै रहेको बताए ।

    उनले भने, ‘बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवद्र्धन, कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक सेवाको क्षेत्रको विकास, समावेशिता र सामाजिक सुधार, सुशासन प्रवद्र्धन र सामाजिक सेवा प्रभावमा सुधारलाई जोड दिएको छ । यि ५ वटा प्राथमिकता राखेर जुन बजेट आएको छ, यो मुलतः सही दिशामा छ । बजेटलाई म स्वागत गर्दछु र समर्थन पनि गर्दछु । आलोचना गर्नुपर्ने, सुझाव राख्नुपर्ने विषयहरु पनि धेरै नै छन् । मुलतः यो सकारात्मक छ । जुन उद्देश्य र प्राथमिकताहरु राखेर बजेट ल्याइएको छ, त्यसअनुसार कार्यक्रमहरु आए की आएनन्, त्यसअनुसार बजेटको विनियोजन भयो की भएन भनेर हेर्दा धेरै ठाउँमा टिप्पणी गर्नुपर्ने अवस्था छ ।’

    उनले बजेटका सकारात्मक पक्षहरुमा आफूले समर्थन जनाउने बताए । उनले वैदेशिक अनुदान र ऋण प्राप्त हुने अनुमानबाट बजेट बनाए पनि अनुमानहनुसारको अनुदान र अण प्राप्त हुन नसकेको बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend