काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उनले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए ।
उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’
संसदमा आजबाट आगामी आर्थिक् वर्षको बजेटमाथि छलफल शुरु भएको छ ।