काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि आज पनि छलफल जारी रहने छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ।