काठमाडाैं । प्रभु बैंक लिमिटेड र स्विस कन्ट्याक्टबीच सम्झौता भएको छ ।
जेठ २१ गते सोमबार प्रभु बैंक र स्विस कन्ट्याक्ट/नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) चरणबीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने “सँगै बढ्दै: कोशी प्रदेशका लागि दिगो कृषि पहल” नामक परियोजनाका लागि सम्झौता भएको हाे ।
उक्त सम्झौता पत्रमा स्विस कन्ट्याक्ट नेपाल/नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) फेजका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।