logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ : डा.वाग्ले

    बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ : डा.वाग्ले

    560
    Shares
    बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ : डा.वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकिकरण गरेर आएको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिए ।

    उनले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताए । उनले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पर्याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए । उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए ।

    उनले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए । उनले एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडि क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।

    उनले भने,‘ यसपाली अर्थमन्त्रीज्युले जानेर नजानेर मसिन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरुको प्राथमिकिकरण गर्नुभएको छ । आफैँले पनि सल्लाह लिएको थिए । पाँच छ वटा ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ । डिजिटललाइजेशन पहिलो छ । यसमा लक्ष्य ठूलो छ । हाम्रो अध्ययनले ५० करोडको निर्यात देखाएको छ । अबको १० वर्षमा ३० अर्ब पु¥याउने भनिएको छ । मिसन स्पष्ट छ । टाइम लिमिट पनि छ । १५ लाख रोजगारी दिने लक्ष्य पनि छ । आइटी पार्क,स्वदेशी सफ्ट्वेयरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक छन् ।

    अझ यसमा आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँच भन्दा बाहिर छैन । एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेका छौं । अर्को सालसम्म ४५ सय मेगावट जडित क्षेमता बनाउने लक्ष्य राखिएको छ । जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्छ । पर्यटनमा १६ लाखका कुरा गरिएको छ । त्यसलाई दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउनुपर्छ । पर्यटकको टाउँको गनेर मात्रै हुँदैन । यो पनि मिसन मोडमा नै आएको छ ।’

    उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend