logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • म्यानमारमा २०२४-२५ शैक्षिक वर्षका लागि ६.३ मिलियन भन्दा बढी विद्यार्थी भर्ना

    म्यानमारमा २०२४-२५ शैक्षिक वर्षका लागि ६.३ मिलियन भन्दा बढी विद्यार्थी भर्ना

    812
    Shares
    म्यानमारमा २०२४-२५ शैक्षिक वर्षका लागि ६.३ मिलियन भन्दा बढी विद्यार्थी भर्ना

    एजेन्सी । मे २३ देखि जुन २ सम्मको विद्यालय भर्ना सप्ताहमा म्यानमारभरका आधारभुत शिक्षा विद्यालय, निजी विद्यालय र भिक्षु शिक्षा विद्यालयहरूमा २०२४–२५ शैक्षिक वर्षका लागि कुल ६३ लाख ९४ हजार ५२८ विद्यार्थी भर्ना भएका छन् ।

    शिक्षा मन्त्रालयले सबै विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, व्यायाम पुस्तक, पेन्सिल र बल पेन उपलब्ध गराएको छ । प्राथमिक विद्यालयका विद्यार्थीहरूले निः शुल्क विद्यालय पोशाक प्राप्त गरेका छन् ।

    विभिन्न परिस्थितिका कारण समयमै भर्ना हुन नसकेका विद्यार्थीहरूको लागि विद्यालय भर्ना खुला रहेको बताइएको छ । शिक्षा मन्त्रालयका अनुसार म्यानमारभरका आधारभुत शिक्षा विद्यालयहरू सोमबार औपचारिक रूपमा खोलिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend