logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संघीय संसदमा सांसदहरुको संख्या नै बढी भयोः सांसद भण्डारी

    संघीय संसदमा सांसदहरुको संख्या नै बढी भयोः सांसद भण्डारी

    959
    Shares
    संघीय संसदमा सांसदहरुको संख्या नै बढी भयोः सांसद भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् । निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष थियो ।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।

    सांसद भण्डारीले भने, ‘बजेटलाई कार्यान्वयनतर्फ जोड दिने हो भने सबै बजेटहरु यस्तै हुन । र यो घाटा बजेट पनि हो । यसको आधारमा नैरश्यता भएको होइन । तर कुरा के हो भन्नु हुन्छ भने–प्रत्येक माननीयज्युहरुलाई मेरो जिल्लामा के प¥यो भन्ने हुन्छ नि । त्यसको कितावहरु आएको छैन मन्त्रालयहरुबाट । त्यसको आधारमा फेरि बजेटको एक्टिभिटी बढ्छ । सरकारले ल्याउनका निम्ति ढिलो गर्यो । दोस्रो यो हो । तेस्रो के हो भने मैले हिजो सदनमा पनि बोलेको छु । यो संख्या नै बढी भयो । सुविधा पनि छैन, अध्ययन पनि छैन ।

    सख्या बढि भयो । संख्या कसरी बढि भयो भने एकातिर इलेक्सनबाट लडेको छ । अर्कातिर समानुपातिकबाट आएको छ । एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढि भएको कारणले पनि यो समस्या आएको हो । चौथो कुरा कोही गम्भिर छैन । एउटा मन्त्रीले नीति, कार्यक्रम ल्याउँछ । त्यही नीति, कार्यक्रम अर्को मन्त्रीले पढछ । कतिबेला सरकार जाने, कतिबेला मन्त्री जाने ? त्यो पनि छैन । त्यसैले यी समस्या देखिएको हो ।’

    सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend