logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा गिरावट, ३ अर्ब ९९ करोडमाथि कारोबार

    शेयर बजारमा गिरावट, ३ अर्ब ९९ करोडमाथि कारोबार

    721
    Shares
    शेयर बजारमा गिरावट, ३ अर्ब ९९ करोडमाथि कारोबार

    काठमाडौं । आज शेयर बजार घटेको छ । नेप्से परिसूचक आज ५ .५८ अंकले घटेर २,०७९ को विन्दुमा कायम भएको छ ।

    आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    यसदिन चार उपसूचकमा हरियाली देखिएको छ । बुधबार फाइनान्स समूहको ०।०९ प्रतिशत, माइक्रोफाइनान्सको १.३१ प्रतिशत र म्युचुअल फण्ड समूहको ४।९२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

    त्यस्तै, आज ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    एनआरएन कम्पनीको १९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ प्रतिशत र माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।

    अपर लोहोरे खोलाका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend