logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत थप हुन्छ : मन्त्री बस्नेत

    दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत थप हुन्छ : मन्त्री बस्नेत

    1.3K
    Shares
    दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत थप हुन्छ : मन्त्री बस्नेत

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत थप गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेगावाट विद्युत सोलारबाट थप गर्ने बताएका हुन् । उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए ।

    उनले भने– ‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेगावाट विद्युत थप गर्नेछौँ । आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पर्याउने भनेका छौँ । यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हितमा हेरिन्छ ।’

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend