logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • याक ब्रुइङ कम्पनीको बाह्रसिङे बियर व्यापार १ अर्ब नजिक

    याक ब्रुइङ कम्पनीको बाह्रसिङे बियर व्यापार १ अर्ब नजिक

    9.6K
    Shares
    याक ब्रुइङ कम्पनीको बाह्रसिङे बियर व्यापार १ अर्ब नजिक

    काठमाडौं । निजी लगानीमा सञ्चालित याक ब्रुइङ कम्पनी प्राइभेट लिमिटेडले झण्डै ९३ करोड रुपैयाँको बाह्रसिङे बियर व्यापार गरेको छ । एक वर्षमा याक ब्रुइङले ९२ करोड ७० लाख रुपैयाँको बाह्रसिङे बियर कारोबार गरेको हो ।

    २०२२ मा कम्पनीले ९७ करोड २२ लाख, २०२१ मा ६४ करोड ६० लाख, २०२० मा २७ करोड २० लाख रुपैयाँ बाह्रसिङे बियरको व्यापार गरेको थियो । पाँच वर्षको अवधिमा याकको आम्दानी अवस्था राम्रो रहेको सार्वजनिक भएको वित्तीय विवरणले देखाएको छ । पाँच वर्षअघि वार्षिक ३ करोडको बियर व्यापार गरेको याकले २०२३ मा आइपुग्दा १ अर्ब रुपैयाँ नजिक पुगेको छ ।

    सन् २०१३ मा स्थापना भएको याक ब्रुइङ कम्पनीले सन् २०१६ देखि बाह्रसिङे बियर उत्पादन थालेको हो । उद्योग चितवनको इच्छाकामना गाउँपालिकाको कुरुनिटारमा रहेको छ । साढे ६ बिगाह जग्गामा उद्योग सञ्चालनमा छ ।

    उद्योग परिसरमा आगन्तुकहरूका लागि ताजा बियरको आनन्द लिन बियर बगैंचासमेत रहेको छ । याकले ३ लाख ६० हजार एचएल बियर उत्पादन गर्न स्वीकृति पाएको छ । उद्योगको ७८ प्रतिशत क्षमतामा सञ्चालनमा छ । उद्योगले वार्षिक २ लाख ८० हजार एचएल बियर उत्पादन गरेको छ । काठमाडौं उपत्यकाबाट १०५ किलोमिटर टाढा कुरिन्टारमा उद्योग रहेको छ । यस्तै वीरगन्ज सुक्खा बन्दरगाहबाट १७५ किलोमिटर र भैरहवा भन्सारबाट १६० किलोमिटर मध्यबिन्दुमा उद्योग रहेको छ ।

    उद्योगको संस्थापकमा अभिषेक श्रेष्ठ, रवि केसी, मीनराज भुसाल र मुस्कान श्रेष्ठ रहेका छन् । जसअनुसार अभिषेक र रविको ३८ ३८, मीनराजको २० र मुस्कानको ५ प्रतिशत स्वामित्व छ । उद्योगले १ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । बलियो नेतृत्व टोलीले कम्पनीको सञ्चालन र उत्पादन वृद्धि रणनीतिका लागि बलियो आधार प्रदान गरेको छ ।

    संस्थापक केसीको निर्माण र आतिथ्यमा, डिस्टिलरी व्यवस्थापनमा अभिषेक श्रेष्ठको विशेषज्ञता र मुस्कान श्रेष्ठको दक्षता मार्केटिङ र बिक्रीमा भएको दक्षताले कम्पनीले लाभ उठाउँदै आएको छ । कम्पनीको मुलुक भर १ सय बढी वितरकहरु छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend