logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • धादिङमा सुरक्षाकर्मी सहित ६ जनाको आरडीटि पोजेटिभ

    धादिङमा सुरक्षाकर्मी सहित ६ जनाको आरडीटि पोजेटिभ

    1.8K
    Shares

    धादिङमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा  सुरक्षाकर्मी सहित ६ जनमा आरडिटी रिपोर्ट  पोजेटिभ देखिएको छ ।

    सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परिक्षण गरिएको थियो ।

    धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

    जिल्लाको गजुरीमा गरिएको परिक्षणमा तीन जना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टाइनका काम गर्ने, एम्बुलेन्स चालक एक-एक जना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको आरडिटी परिक्षण गरिएको रेग्मीले जानकारी दिए ।

    आरडिटी पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि टेकु लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend