logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विपत पूर्व तयारीका लागि सुरक्षाकर्मीले गरे मुगुमा अभ्यास

    विपत पूर्व तयारीका लागि सुरक्षाकर्मीले गरे मुगुमा अभ्यास

    1.4K
    Shares
    विपत पूर्व तयारीका लागि सुरक्षाकर्मीले गरे मुगुमा अभ्यास

    सनत हमाल
    मुगु । जिल्ला आपतकालिन सञ्चालन केन्द्र मुगु द्वारा संयुक्त रुपमा सञ्चालित विपत प्रतिकार्य पूर्व तयारीका लागि आज सुरक्षाकर्मीहरुले अभ्यास गरेका छन् ।

    विपत बाजा बजाएर आउँदैन कुन बेलाआउँछ समय एकिन हुँदैन । तर विपत्तिका कारण वर्षेनि नागरिकले दुख भोग्नु परेको छ भन्दै मुगुमा विपत पूर्व तयारीका लागि सुरक्षाकर्मीहरुले अभ्यासको थालनी गर्दै नागरिकलाई सचेतना प्रदान गरिहेका छन् ।

    बिहिवार छायाँनाथ रारा नगरपालिका–२ चैना खोलामा विपत्तिबाट बच्च नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी र रेडक्रस स्वयंसेवकहरुले बिपत प्रतिकार्य अभ्यास प्रदर्शन गरेका छन ।

    जिल्ला आपतकालिन सञ्चालन केन्द्र मुगु द्वारा सयुक्त रुपमा सञ्चालित उक्त प्रतिकार्य अभ्यास गरि जोखिम बाढिपहिरोबाट बच्न बचाउन सुरक्षाकर्मीलाई अभ्यास हुने र नागरिकलाई सचेतना हुने उदेश्यका साथ बिपत प्रतिकार्य अभ्यास गरिएको नेपाली सेनाका सेनानी बसन्तनाथ योगीले जानकारी दिए ।

    अभ्यासमा बाढीपहिरो बाट प्रभाबित समुदाय बस्तिहरुमा तत्कालै उद्दार तथा राहत कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिन थालिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

    उनले भने, “अबको केहिदिनमा देशमा मनसुन भित्रीने पूर्वानुमान गरिएको छ, त्यसैले सबै जना बाढी पहिरो जोखिमबाट बच्न अनुरोध गरिएको छ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend