logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : सांसद केसी

    गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : सांसद केसी

    651
    Shares
    गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : सांसद केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग माग गरेका छन् । बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने कांग्रेसको चाहना रहेको बताएका हुन् ।

    उनले गिरिबन्धु टि स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताए । उनले गिरिबन्धु टि स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताए ।

    उनले भने, ‘गिरिबन्धु टि स्टेटमा ३४४ रोपनी जग्गामा जुन किसिमले त्यसको कुरा आयो । त्यसको सत्यता बाहिर आउनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ बिगाह र १९ बिगाह कांग्रेसले नै बेचेको हो भन्नुभएको छ । त्यो सम्बन्धमा क्लियर हुनुपर्छ । यसमा छानबिन आयोग बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको चाहना छ ।’

    उनले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ र १९ बिगाह गिरिबन्धु टि स्टेटको जग्गा कांग्रेसले बेचेको आरोप लगाएको बारेमा पनि स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend