logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ५.६५ अर्ब लगानीमा निर्माणाधीन होटलसहितको कर्मा रेजिडेन्सीको ४० प्रतिशत काम सकियो

    ५.६५ अर्ब लगानीमा निर्माणाधीन होटलसहितको कर्मा रेजिडेन्सीको ४० प्रतिशत काम सकियो

    3.4K
    Shares
    ५.६५ अर्ब लगानीमा निर्माणाधीन होटलसहितको कर्मा रेजिडेन्सीको ४० प्रतिशत काम सकियो

    काठमाडौं । निजी क्षेत्रको गुड कर्मा ग्रुप अफ कम्पनिज प्राइभेट लिमिटेडले राजधानीको महाराजगन्जमा लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजिडेन्स’ बनाइरहेको छ ।

    अहिलेसम्म कर्मा रेजिडेन्सको ४० प्रतिशत काम सकिएको छ । आगामी सन् २०२६ को पहिलो त्रैमाशमा रेजिडेन्स निर्माण सकेर हस्तान्तरण गर्ने लक्ष्य कम्पनीको छ ।

    वन बिल्डर्सले अपार्टमेन्टको सिभिल, मेसिनरी, इक्विपमेन्ट र प्लम्बिङ कामको जिम्मेबारी पाएको छ । गुड कर्माले कूल ५ अर्ब ६५ करोड ८० लाख रुपैयाँ लगानीमा लक्जरी आपर्टमेन्ट निर्माण थालेको हो ।

    यसअघि ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो । यसबीचमा १८ प्रतिशत झण्डै ८६ करोड रुपैयाँ लागत बढेको छ ।

    जग्गा खरिद, निर्माण र विकास लागत थप हुँदा यसको असर कूल लगानीमा परेको गुड कर्माले जनाएको छ । १ सय ६२ वटा लक्जरी अपार्टमेन्ट रहने भएको छ ।

    १ सय ६२ अपार्टमेन्टमध्ये ३२ वटा अपार्टमेन्ट होटलमा परिणत भएका छन् । अहिलेसम्म ५३ युनिट बुक भइसकेको कम्पनीले जनाएको छ । गुडकर्माले ६८ करोड ५० लाख रुपैयाँ ५३ युनिट अपार्टमेन्ट बुकबाट प्राप्त गरेको छ ।

    जसले गर्दा अपार्टमेन्टलाई लगानीयोग्य पुँजीमा सहज भएको छ । गुडकर्माले १ अर्ब ९५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    रेजिडेन्सीमा ६० प्रतिशत बैंक र बाँकी ४० प्रतिशत स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ । निर्माणधिन अपार्टमेन्टको ३ वटा विङस रहने भएको छ । ए, बि र सि हुनेछ । जसमा २.५ र ३.५ बिएचके अपार्टमेन्ट रहेका छन् ।

    निर्माणधीन रेजिडेन्सीमा अमेरिकी, सउदी अरेबिया र अष्ट्रेलियाको दूतावासभन्दा ३०० मिटर टाढाको दूरीमा रहेको छ ।

    गु्रपले मेरियटको नयाँ फ्रेन्चाइजी ‘ले मेरिडियन’ पाँचतारे होटल पनि निर्माण गर्न लागेको छ । होटल परियोजनाका लागि मेरियटसँग सम्झौता गरेको छ ।

    कम्पनीले होटलसँगै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि निर्माण गर्न लागेको हो । यससँगै गुडकर्मा होटल तथा अपार्टमेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

    हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ । भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो ।

    प्रस्तावित मेरिडियन होटलमा १ सय ७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन् । गुड कर्माको एकल लगानी र सञ्चालनमा निर्माण हुन लागेको होटल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसमा होटलतर्फ ४ अर्ब ५० करोड र अपार्टमेन्टको मूल्य १ अर्ब ५० करोड रुपैयाँ रहनेछ ।

    मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट ३ देखि ५ करोड रुपैयाँसम्म पर्ने बताइएको छ ।

    शिक्षा, ट्रेक कम्पनी टु दी हिमालयजको सफलतापछि गुड कर्माले लगानी विविधिकरण गरी दायरालाई नयाँ ढंगले विस्तार गर्न यो व्यवसायमा प्रवेश गरेको हो । कर्मा रेजिडेन्सको स्थापना २०२० मा भएको हो ।

    यो पनि :

    ५ अर्ब ६५ करोड लगानीमा महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै गुडकर्मा ग्रुप

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend