logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा

    राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा

    546
    Shares
    राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल मोबाईल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन् । उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महंगो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरु निरुत्साहित रहेको बताइन् । उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताइन् ।

    उनले भनिन्, ‘यस सम्बन्धी समस्याको विषयमा हामी जानकार छाँै । तर समाधान कसरी ? भन्ने मुख्य कुरा हो भन्ने मलाई लाग्छ । यो समाधानका निम्ति हामीले जसरी व्यापार, व्यवसाय कोभिड महामारी लगायत विभिन्न कारणले गर्दा व्यवसायिक क्षेत्र मन्दीमा छ । मोबाइल व्यवसाय पनि यसकै मारमा छ । त्यसमाथि पनि राज्यका कयौँ नीति, नियम, कानून हाम्रा व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक छ । व्यवसायलाई संरक्षण गर्न, यसलाई अगाडि बढाउनका निम्ति हाम्रा नीति, नियम र कानून व्यापारमैत्री, व्यवसायमैत्री बनाउन जरुरी छ । त्यसका लागि हामी प्रयत्न गरिरहेका छौँ ।

    हाम्रो कर नीतिमा केही समस्या छन्, त्यसको समाधानमा सरकार लागिरहेको छ । हामीले देखिरहेका छौँ, बाहिर त्यही सामान सस्तोमा आउँछ । यहीँ उत्पादन गरौँ भन्दा र मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महंगो हुन्छ । त्यसले गर्दा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायहरु निरुत्साहित छन् । नेपालमै एउटा एसेम्बी मोबाइल फ्याक्ट्री खोलौँ भनेर मैले आग्रह पनि गरेँ । नेपाली व्यवसायीहरुले पनि खोल्नुपर्छ । त्यसको लागि मेट्रियल, रअ मेट्रियल ल्याउने कुरा महंगो पर्ने कुरा गर्नुभयो । यस पटकको अर्थ विधेयकमा यो प्रयत्न भएको छ ।’

    मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend