पोखराको सिमलचौरगंगा लिम्बुको परिवारमा दोस्रो सन्तानको आगमनसँगै खुशी छाएको थियो । सन्तान प्राप्तिको खुसी एकातिर थियो तर घरबेटीले घरभाडाको लागि दिएको दवाव बिच तनाव पनि कम थिएन।
घरबेटी घरभाडामात्र मागेनन् निस्केर जान दवाव दिँदै उनको कोठाको पानी र ट्वाइलेटको ढोका पनि बन्द गरिदिए । लकडाउनको कारण निर्माणकार्य नहुँदा उनको श्रीमान दुईमहिना घरमानै थन्किएर बसे । यही समय घरबेटीको भाडा माग्दै कोठा छाड्न दिएको दवावले उनीहरुलाई निकै तनाव दियो ।
‘घरबेटीले ट्वाइलेटमा ताला लगाए ,धारामा पानी बन्द गरे । छिमेकीलाई हामीले आफ्नो दुख सुनायौँ । त्यसपछि त हामीलाई झन बढी तनाव हुन थाल्यो । भाडा तिर्नका लागि तारन्तार दवाव आउन थाल्यो । भर्खर जन्मिएको बच्चालाई कति स्याहारसुरार चाहिन्छ । झन यही बेला ट्वाइलेटमा ताला र पानी बन्द गर्दिए,’ आँखाभरी आँशु पार्दै लिम्बुले बताइन् ।
युवराज खतिवडाले व्यवसायिक प्रायोजनको लागि बनाएको भवन । जहाँ अहिले पीडितहरुलाई राखिएको छ। तस्बिर :