logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • २०२८ सम्ममा शिर्ष ३ विश्वव्यापी यात्रा गन्तव्य देश बन्ने टर्कीको लक्ष्य

    २०२८ सम्ममा शिर्ष ३ विश्वव्यापी यात्रा गन्तव्य देश बन्ने टर्कीको लक्ष्य

    532
    Shares
    २०२८ सम्ममा शिर्ष ३ विश्वव्यापी यात्रा गन्तव्य देश बन्ने टर्कीको लक्ष्य

    एजेन्सी । २०२३ मा पर्यटन आगमनकाे सफल वर्षका रुमपा मनाउँदै टर्कीले २०२८ सम्ममा विश्वको शिर्ष तीन यात्रा गन्तव्यहरूमध्ये एक स्थानको लक्ष्य राखेको छ । संस्कृति र पर्यटनमन्त्री मेहमेट नुरी एरसोयले टर्किएले आगामी चार वर्ष भित्र वार्षिक ८० मिलियन विदेशी पर्यटकहरू आकर्षित गर्ने लक्ष्य राखेको बताए ।

    विश्वव्यापी रूपमा शिर्ष तीन विदेशी पर्यटक गन्तव्यहरूमध्ये एक बन्ने आकांक्षा रहेको उनको भनाइ छ । हाल टर्की चौथो स्थानमा छ । टर्कीको महत्वाकांक्षी पर्यटन योजनाहरू यसको अर्थतन्त्रका लागि महत्वपूर्ण छन् । जुन पर्यटन राजश्वमा धेरै निर्भर छ । राष्ट्रले प्रत्येक वर्ष लाखौं विदेशी आगन्तुकहरूलाई स्वागत गर्दछ ।

    २०२४ सन् २०२३ भन्दा राम्रो हुने अपेक्षा राखेको छ । २०२३ मा टर्कीको पर्यटन क्षेत्रले ४९.२ मिलियन विदेशीलाई स्वागत गरेको थियो । २०२२ मा ४४.६ मिलियन थियो । जसले ५४ बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको थियो । यो वर्ष ६० अर्ब डलर राजश्वसहित आवतजावत ६ करोड पुग्ने सरकारको अनुमान छ । १२०२८ सम्म अंकाराले ८० मिलियन विदेशी पर्यटक र सय बिलियन डलरको लक्ष्य राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend