logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, ओलीलाई दोष दिन मिल्दैन : माधव नेपाल

    जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, ओलीलाई दोष दिन मिल्दैन : माधव नेपाल

    1.4K
    Shares
    जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, ओलीलाई दोष दिन मिल्दैन : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो ।

    आईतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे ।

    अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गरे । उनले आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने बताए ।

    अध्यक्ष नेपालले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सा¥यो । अरु पार्टीले भन्न सकेका छैनन् । हिजो नवौ महाधिवेशनले पनि धेरै गलत कुराहरु अगाडि सार्यो । जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन । त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो ।

    तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन । हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौं । अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौं । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाउ भन्दै हुनुहुन्छ । त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाउँ भन्दै हुनुहुन्छ । अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाउँ भनिरहेका छन् ।

    त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौं । यी सबै बामपन्थी शक्तिहरुलाई मिलाएर एकतावद्ध बनाएर हामी अगाडि बढ्छौं । तर हामी जोड के दिन चाहन्छौ भने वर्ग संघर्ष अनि राजनीतिक संघर्ष, राजनीतिक मोर्चा । यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ ।’

    अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend