logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एलिट क्यापिटलको हकप्रद निष्काशन, चुक्ता पुँजी साढे २२ करोड पुग्ने

    एलिट क्यापिटलको हकप्रद निष्काशन, चुक्ता पुँजी साढे २२ करोड पुग्ने

    924
    Shares
    एलिट क्यापिटलको हकप्रद निष्काशन, चुक्ता पुँजी साढे २२ करोड पुग्ने

    काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

    हकप्रद सेयर संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको कम्पनीले जनाएको छ । एलिटले १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरिएको जानकारी दिएको छ । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य सेयरधनीले खरिद गर्न पाउनेछन् ।

    यो हकप्रद निष्काशनपछि एलिट क्यापिटलको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारणलाई आइपिओमार्फत बिक्री गरिने योजना क्यापिटलले बनाएको छ ।

    नेपाली व्यवसायी, गैरआवासीय नेपाल, सेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।

    क्यापिटलले प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । मर्चेन्ट बैंकिङसम्बन्धि पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र सेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र शेयर रजिष्टारको ईजाजतपत्र दिन रोकेको लामो समय भैसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ ।

    एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत पोर्टफोलियो मेनेजमेन्ट सेवामा सबैभन्दा सस्तो शुल्कमा सेवा दिइरहेको छ । नाफामा भागबण्डा हुने पर्फमेन्ट शुल्क पनि सबैभन्दा कम लिने गरेको छ । यसले १५ बर्ष लामो दीर्घकालिन लगानीका स्किमदेखि छोटो लगानी स्किमहरु सञ्चालन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend