logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशी मुद्रा सञ्चिति बढेर पुग्यो साढे १९ खर्ब, १५ महिनाको वस्तु आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति बढेर पुग्यो साढे १९ खर्ब, १५ महिनाको वस्तु आयात धान्ने

    693
    Shares
    विदेशी मुद्रा सञ्चिति बढेर पुग्यो साढे १९ खर्ब, १५ महिनाको वस्तु आयात धान्ने

    काठमाडौं । विदेशी मुद्रा सञ्चिती २६.२ प्रतिशहत बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा बढेर १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशत वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशत वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । २०८१ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।

    महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४, १०५.३ र २९.२ प्रतिशत रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend