logo

२०८१ असोज १० बिहिबार

logo
  • बिहिबार, १० असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय

    बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय

    1.1K
    Shares
    बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । आफ्नै पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको हो ।

    न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार बलात्कार कसुरमा गिरीलाई ७ वर्षको जेल सजाय हुने फैसला सुनाएको हो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार)लाई पेसी तोकिएको थियो ।

    त्यस्तै, उनलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको छ ।

    सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो। कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend