logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारलाई कांग्रेस सांसद गौतमको प्रश्न : साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

    सरकारलाई कांग्रेस सांसद गौतमको प्रश्न : साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

    630
    Shares
    सरकारलाई कांग्रेस सांसद गौतमको प्रश्न : साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

    उनले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धि कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए । सांसद गौतमले नेपाललाई किसानहरुको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताए ।

    सांसद गौतमले भने, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पूँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूलो किसानहरुलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरुलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमती छ । मेरो विज्ञहरुसँग आग्रह छ । नेपाललाई किसानको देश बनाऔं । यसलाई गाउँको देश बनाऔ । सहरै सहरको परिकल्पना नगरौँ । ’

    सांसद गौतमले भन्ने बेलामा समाजबाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमती रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend