logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छ : देवेन्द्र पौडेल

    सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छ : देवेन्द्र पौडेल

    2.2K
    Shares
    सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छ : देवेन्द्र पौडेल

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

    उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाई थियो । उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए । सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए ।

    उनले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठयारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाँभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ । अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु । शिक्षालाई सिपसँग जोडने, सीपलाई श्रम र उत्पादन सँग जोडने काम गर्नु पर्छ । त्यसो नगर्ने हो भने खाली पढाईको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन । ’

    सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend