logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछ : युनेस्को

    दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछ : युनेस्को

    483
    Shares
    दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछ : युनेस्को

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्वपूर्ण भएको बताएको छ ।

    युनेस्कोको सामाजिक तथा मानव विज्ञानका सहायक महानिर्देशक गेब्रिएला रामोसले भिडियो सन्देशमार्फत उक्त टिप्पणी गरेका हुन् । उनले जलवायु परिवर्तन, महामारी, द्वन्द्व र बढ्दो सामाजिक र आर्थिक असमानता जस्ता विश्वव्यापी चुनौतिहरू विद्यमान रहेको भन्दै यि समस्या समधाानका आवश्यक पहल गर्नुपर्ने बताउनु भयो । अन्तरसांस्कृतिक संवाद दिगो भविष्यको लागि महत्वपूर्ण रहेको र एकअर्कालाई बुझ्ने, सहयोग गर्ने र विश्वास विकास गर्ने माध्यम हुने पनि बताए ।

    अन्तरसांस्कृतिक संवादलाई चम्काउनको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताए । संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको शुक्रवारको बैठकले अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाउन चीनले प्रश्ताव गरेको प्रश्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend