काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।
यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।
सांसद रानाले पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडको दृश्यले सबैको मन रोएको बताइन् । ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस्,’ उनले भनिन् ।
याे पनि :
पुलमा खच्चर हिन्दा लठ्ठा चुँडिएपछि आवत जावत अवरुद्ध
कर्णालीको झोलुंगे पुलमा अड्किएका दुई खच्चडको मृत्यु, ११ को जीवितै उद्धार