काठमाडौँ । बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहले गोली प्रहार गर्दा क्याम्पस प्रमुख हरिभूषण कुशवाहा गम्भीर घाइते भएका छन् ।
आज शुक्रबार अज्ञात समूहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख टोलका हरिभूषण कुशवाहा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौँपानेले सुनौलो नेपाललाई बताए ।
उनले भने, “गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते भएका छन्, उनको अहिले उपचार भइरहेको छ, गोली प्रहार गर्नेको खोजी कार्य जारी छ ।”
क्याम्पस प्रमुख कुशवाहा आदर्श कोतवाल–२ खजुरिया टोलका रहेका प्रहरीले जनाएको छ ।