logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

    बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

    525
    Shares
    बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

    हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

    आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थपलियाले जानकारी दिए।

    कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको छ । गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ८३ करोड १४ लाख ३१ हजार रुपैयाँ बढी हो ।

    सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । यसैगरी आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend