काठमाडौं । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारी संस्था लिमिटेडका तेजविक्रम थापालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।
सहकारीको २ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका छन् । ५ सय ६६ जना पिडितले प्रहरीमा उजुरी दिएका छन् ।
भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मान्त्रालयले गत माघ २८ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।