काठमाडौँ । हिजो शनिबारको तुलनामा काठमाडौँमा आज आइतबार तापक्रम केही घटेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज काठमाडौँको अधिकतम तापक्रम ३३ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको अधिकतम तापक्रम वर्षकै बढी ३५ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
विभागका अनुसार, सन् १९९९ अप्रिल २६ मा काठमाडँैंको अधिकतम तापक्रम ३५ दशमलब ६ डिग्री सेल्सियस थियो । त्यसयताको उच्च तापक्रम शनिबार मापन गरिएको हो । सन् १९९४ मे ४ मा काठमाडौँको अधिकतम तापक्रम ३५ दशमलब २ डिग्री सेल्सियस थियो ।
शनिबार त्योभन्दा बढी तापक्रम गरिएको महाशाखाले जनाएको छ । २०१५ जुन ६ मा काठमाडौँको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस थियो ।