logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन

    नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन

    390
    Shares
    नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन

    काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत जेठ २२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि इच्छुक नेपाली नागरिकहरुलाई दरखास्त पेस गर्न आह्वान गरेको थियो ।

    सूचनाअनुसार दर्ता हुन आएकाहरुमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली र लक्ष्मणले आवेदन दर्ता गरेका छन् ।

    आवेदन दिने सूचीमा ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य पनि रहेका छन् ।

    प्रबन्ध निर्देशक पदका लागि दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थ शास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने योग्यताको मापदण्ड राखिएको थियो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend