logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आज शेयर बजारमा वृद्धि, १३५ कम्पनीको शेयर मूल्य बढ्याे

    आज शेयर बजारमा वृद्धि, १३५ कम्पनीको शेयर मूल्य बढ्याे

    567
    Shares
    आज शेयर बजारमा वृद्धि, १३५ कम्पनीको शेयर मूल्य बढ्याे

    काठमाडाैं । आज बुधबार शेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ ।

    आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    बुधबार ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    त्यस्तै, आज नेपाल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९.८८ प्रतिशत र कुथेली बुखरी हाइड्रोको लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

    आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले गुमाएका छन् ।

    आज शेयर बजार बढेसँगै अधिकांश उपसूचकहरुमा हरियाली छाएतापनि केही उपसूचकहरु चाँही राताम्मे बन्न पुगेका छन् । बुधबार बैंकिङ्ग, माइक्रोफाइनान्स, ननलाइफ लगायतका उपसूचकहरुमा हरियाली छाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend