logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

    ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

    763
    Shares
    ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

    ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछि उनले यस्तो बताएका हुन् ।

    उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेको बताए । उनले शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरीएको बताए । उनले स्वास्थ्यमा आमूल परिवर्तन गर्नेगरी काम गरिने बताए । उनले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्नेगरी काम गर्न पाइने नीति लिएको बताए । उनले वातावरणको क्षेत्रमा पनि कायपलट हुनेगरी काम गर्नेगरी नीति ल्याएको बताए । उनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरुको विकास गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोशिस गर्ने बताए ।

    उनले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाउने नीति लिएको बताए । उनले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए । उनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताए । उनले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने बताए ।

    उनले भने, ‘ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेका छौं । शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरेका छौं । स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं । सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइदैन । वातावरणको क्षेत्रमा पनि कायपल्ट हुनेगरी काम गर्ने गरी नीति ल्याएका छौं । ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौचाहरुको विकास गर्ने नीति लिएका छौं ।

    ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोशिस गरेका छौं । ललितपुर महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाएका छौं । चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएका छौं । खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ । मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’

    महानगरले सुन्दर ललितपुर नगरीः घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गर्ने भएको छ । नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका गर्ने उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend