logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • श्री एयरलाईन्सले गर्‍यो भरतपुर बिमानस्थलमा परीक्षण उडान

    श्री एयरलाईन्सले गर्‍यो भरतपुर बिमानस्थलमा परीक्षण उडान

    1.7K
    Shares
    श्री एयरलाईन्सले गर्‍यो भरतपुर बिमानस्थलमा परीक्षण उडान

    काठमाडौँ । श्री एयरलाईन्सले भरतपुर बिमानस्थलमा परिक्षण उडान सम्पन्न गरेको छ ।

    बिहीवार बिहान कम्पनीको क्यू ४०० ड्यास-८ जहाजले भरतपुर विमानस्थलमा पहिलो पटक परीक्षण उडान गरेको हो ।

    श्री एयरलाईन्सले नेपालको पर्यटकीय क्षेत्र मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने र पूर्व पश्चिम राजमार्गको केन्द्र विन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्याधिक चापलाई सहज गर्न भरतपुरमा उडान गर्ने तयारी गरिरहेको छ ।

    एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ,’भरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्नका लागि पर्यटन व्यवसायीहरु तथा विभिन्न क्षेत्रबाट विमान सेवा संचालन गरिदिन अनुरोध गरिए अनुसार भरतपुर विमानस्थलमा यस कम्पनीको अत्याधुनिक क्यानाडा निर्मित क्यु ४०० ड्यास ८ विमानबाट पहिलोपल्ट परिक्षण उडान सम्पन्न गरिएको छ ।’

    एयरलाइन्सका अनुसार क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा ध्वनी प्रदुषण कम हुने प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५ हजार ४०० हर्षपावरको पीडब्ल्यु १५० ए इन्जिन जडित भएको विमान हो ।

    एयरलाइन्सले सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे-२०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे-७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा निर्यामत उडान गरिरहेको छ ।

    अहिले श्री एयरलाइन्सले ८ विमानहरुबाट काठमाडौ, भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा उडान गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend