logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संविधान संशोधन गर्न आवश्यक छ : प्रकाशशरण महत

    संविधान संशोधन गर्न आवश्यक छ : प्रकाशशरण महत

    511
    Shares
    संविधान संशोधन गर्न आवश्यक छ : प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताए । उनले राष्ट्रिय सहमति जुटाइ काँग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताए । उनले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताए ।

    उनले भने, ‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनु पर्छ । त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन् । यसलाई सुनिश्चित गर्न के गर्ने ? स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ ।

    त्यसकै माध्यमबाट आउँछ । केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिष्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिला बीच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’

    प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताए । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । उनले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend