logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारत भ्रमणमा दुई देशकाबीच भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भयो : प्रधानमन्त्री दाहाल

    भारत भ्रमणमा दुई देशकाबीच भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भयो : प्रधानमन्त्री दाहाल

    420
    Shares
    भारत भ्रमणमा दुई देशकाबीच भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भयो : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक, शुन्य तथा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा लिखित रुपमा आमन्त्रण गरेपछि आफु भारत गएको बताए ।

    उनले त्यसक्रममा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र दुई देशबिच विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए । त्यसै दुई देशका बीचमा बनेका द्विपक्षिय संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि गम्भीर रुपमा छलफल भएको उनले बताए । प्रधानमन्त्री दाहालले त्यसक्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको उनले जानकारी दिए ।

    उनले भने– ‘नरेन्द्र मोदीजी तेस्रो पटक प्रधानमन्त्री हुने भएको र उहाँको लिखित आमन्त्रण पनि भएपछि म भारत गएको थिएँ । गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुने शिलशिलामा मैले २०८१ जेठ २७ र २८ गते भारतको औपचारिक भ्रमण गरेको थिएँ । भ्रमणका दौरानमा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा जेठ २७ गते आयोजना गरिएको एक विशेष समारोहका बीच हालै भारतमा सम्पन्न आम निर्वाचनपश्चात प्रधानमन्त्री पदमा पुनःनियुक्ति हुनुभएका नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा म सहभागि भएँ ।

    उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु समेत सहभागि हुनुहुन्थ्यो । नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने, दुई देशबिच विगतमा भएका सहमती तथा सम्झौताको प्रभावकारी कार्यान्वयन, सबै द्धिपक्षिय संयन्त्रहरु, यसमा सीमा सम्बन्धी संयन्त्र पनि पर्दछ, संयन्त्रहरुको बैठक सुचारु गर्ने । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवम् कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा गम्भीर छलफल भएको थियो । मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु ।’

    ‘उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ । यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भुमिका निर्वाह गरेको मैले महशुस गरेको छु । त्यसका अतिरिक्त दुई देशबिच रहि आएको सहयोगात्मक र बहुआयामिक सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप बलियो तुल्याउन योगदान गरेको छ । साथै आगामी दिनमा उच्चस्तरमा विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्वद्ध दुई पक्षिय संयन्त्रहरु समेतको माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवद्र्धन गर्न मार्गदर्शन गरेको महशुस पनि मैले गरेको छु’ उनले भने ।

    प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणले नेपाल–भारतका बिच आपसी सद्भाव अभिवृद्धि गर्न भुमिका निर्वाह गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend