एजेन्सी । चाडियाको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन् ।
देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिएका हुन् । आगलागी र विस्फोटको कारण अझै पत्ता लागेको छैन ।
मारिनेमा बालबालिकासहित सर्वसाधारण रहेका छन् । चाडका राष्ट्रपति महामत इड्रिस डेबी इट्नोले शहरको गौडजी छेउमा रहेको दुर्घटनास्थल र घाइतेहरूको निरीक्षण गर्नुभयो ।