logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौं : सञ्चारमन्त्री शर्मा

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौं : सञ्चारमन्त्री शर्मा

    483
    Shares
    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौं : सञ्चारमन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छन् । बिहीबार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।

    उनले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताइन् । उनले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्याएको बताइन् ।

    उनले नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह/पूर्वाग्रह नगरेको बताइन् । मन्त्री शर्माले सामाजिक सञ्जाल,युट्युवको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन् । उनले आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्याउने काम भइरहेको उल्लेख गरिन् । मन्त्री शर्माले अहिल दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरिय सेवा पर्याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको बताइन् ।

    उनले भनिन्,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट र्फमप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु । सामाजिक सञ्जाल,युट्युवको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ ।

    आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्याउने काम भइरहेको छ । अहिल दुई वटा मोवाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेका छन् । देशभर गुणस्तरिय सेवा पुर्याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको छ । उच्च गतिको इन्टरनेट विस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा विस्तार भएको एफटिटिएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम,नगरपालिका र गाउँपालिकामा विस्तार गर्दै लगिनेछ ।’

    उनले उच्च गतिको इन्टरनेट बिस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा बिस्तार भएको एफटिटिएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम,नगरपालिका र गाउँपालिकामा बिस्तार गर्दै लगिने उल्लेख गरिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend