logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चोरी गरेको अभियोगमा पक्राउ

    चोरी गरेको अभियोगमा पक्राउ

    1.1K
    Shares
    चोरी गरेको अभियोगमा पक्राउ

    काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा चोरी गर्ने गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
    उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा बैैतडी डोगडा केदार गाउँपालिका–२ का २३ वर्षीय निराजन महरा, भारत देश हावडा जिल्ला घर भई हाल काठमाडौँ–२२ सङ्कटा बस्ने २८ वर्षीय सुजित कर, भारत देश मोतिहारी जिल्ला घर भई हाल काठमाडौँ–२३ ओमवहाल बस्ने ३० वर्षीय सेफअलि आलम तथा काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कलङ्की बस्ने २२ वर्षीया मोनिका लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

    उनका अनुसार गएको जेठ २७ गते दिउँसो काठमाडौँ टोखा नगरपालिका–७ बसुन्धरा नमुनाटोल स्थित डेरा गरी बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ की ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठामा कोही नभएको अबस्था पारी घरको कम्पाउण्ड बाट भित्र प्रबेश गरी घरको दोस्रो तलाको मुल ढोकामा लगाएको ताल्चा फुटाई कोठा भित्रको दराजमा रहेको सुनका विभिन्न गरगहना तथा नगद गरी २५ लाख चार हजार ९ सय रुपैयाँ बराबरको धनमाल चोरी गरी गरेको खुल्नमा आएको छ ।

    यसैगरी निजहरुको टोलीले गएको जेठ २७ गते नै कलंकी स्थित मनिष पौडेलको डेरा कोठाबाट ल्याप्टप तथा महत्वपुर्ण कागजपत्रहरु चोरी गरेको, महाराजगञ्ज स्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्र गरी १ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको र असार २ गते दिउँसो काठमाडौँ नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल चोरी गरी लगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौँ टेकु, पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend