logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • योग नेपाल भूमिबाट नै शुरु भएको हो, योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : अध्यक्ष ओली

    योग नेपाल भूमिबाट नै शुरु भएको हो, योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : अध्यक्ष ओली

    616
    Shares
    योग नेपाल भूमिबाट नै शुरु भएको हो, योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सिमित गर्नु नहुने बताएका छन् । शुक्रबार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सिमित नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘योग यसै भूमिबाट शुरु भएको थियो । हजारौँ वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यहरुमा पनि योगको शुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भुगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सिमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले शुरु भएको थियो ।

    बीचमा अलि ओझेल पर्दै गयो । अहिले योग भ्रान्तिहरुबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ । कुनै धर्म विशेषसँग सिमित गरेर समग्र मानव जातीको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सिमति गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । मानव जातीको शरीर स्वस्थ रहोस्, मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग सम्बन्धित छ ।’

    अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताउनु भयो । योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताए । योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend