logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उद्योगहरुको पक्षमा कानून निर्माण गरी जटिलता हटाउन सरकार सकारात्मक छ : उद्योगमन्त्री भण्डारी

    उद्योगहरुको पक्षमा कानून निर्माण गरी जटिलता हटाउन सरकार सकारात्मक छ : उद्योगमन्त्री भण्डारी

    518
    Shares
    उद्योगहरुको पक्षमा कानून निर्माण गरी जटिलता हटाउन सरकार सकारात्मक छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरुको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

    उनले सरकारले बनाउने हरेक कानूनहरु उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे । उनले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानून संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताए । उनले समितिले सिमेन्ट उद्योगले उत्पादित खनिज परिणाम तौल पुलमा मापन गर्न समितिको म्याद थप मान्न तयार रहेको बताए । उनले मुलुकमा भएका सिमेन्ट उद्योगलाई थप माथि उठाउन आवश्यक रहेको भन्दै त्यसको लागि उद्योगको पक्षमा कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले सिमेन्टको गुणस्तर,सामाजिक र वातावरणमैत्री बनाउन मन्त्रालय गम्भिर रहेको बताए ।

    उनले भने, ‘सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । समितिले म्याद थप गर्नुहुन्छ । समय अवधि तोक्नुहुन्छ । त्यो स्वीकार गर्न तयार । होइन अहिले जे व्यवस्था छ त्यही गर्नु भने त्यो पनि तयार हो । यस विषयमा समितिको निर्देशन माग गरेको हो । नेपालका उद्योग जुन अवस्थामा छन् । त्यहाँबाट उठाउनुपर्छ । पैरवी गर्नुपर्छ । उद्योगहरुको उद्योग मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानून निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन । सिमेन्ट उद्योगहरुको अनुगमनमा जाऔं कहाँ त्यस्ता खालका समस्याहरु छन् ।

    वातावरणमैत्री कहाँ बन्न सकेन । उद्योग स्थापनापछि स्थानीय स्तरमा लिने लाभहरु नभएका हुन कि भन्ने सामाजिक रुपमा उठेका प्रश्नको निरुपण गर्ने विषयमा मन्त्रालय गम्भिर छ । सरकारले बनाउने कानूनहरुलाई कसरी उद्योगमैत्री बनाउन सकिन्छ त्यो विषयमा मन्त्रालय सहजिकरण गर्न तयार छ । कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक छ ।’

    उनले सरकारले बनाउने कानूनहरुलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजिकरण गर्न तयार रहेको बताए । कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend