logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी

    मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी

    980
    Shares
    मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको हितमा खरो रुपमा उत्रिएर नयाँ पार्टी खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै कानूनमन्त्री गिरीले यस्तो बताएका हुन् ।

    उनले रास्वपाले देश र जनताको हितमा काम गर्ने,मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रुपमा उत्रेर रास्वपा स्थापनाको औचित्व पनि पुष्टि गर्न आवश्यक रहेको बताए । उनले रास्वपाले यस्तो गर्न नसके परम्पराकै निरन्तरता हुने दाबी गरे । उनले पार्टी स्थापना भएको दुई वर्ष मात्रै भएकाले रास्वपाले राजनीतिमा नतिजा दिने समय बिस्तारै आउने बताए ।

    उनले भने, ‘रास्वपाले स्थापना मनाउनु खुशीको कुरा हो । लोकतन्त्रमा यस्ता पार्टीहरु जन्मेर जनताको सेवामा निष्ठापूर्वक सर्मपित हुने कुराले राम्रो सन्देश दिन्छ । स्थापना भएको दुई वर्ष भएको हुनाले रास्वपाले राजनीतिमा नतिजा दिने समय आउँदैछ । देश जनताको हितमा काम गर्ने,मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रुपमा उत्रन सक्यो भने रासपाको औचित्व पनि पुष्टि हुन्छ । नत्र परम्पराकै निरन्तरता हुन्छ ।’

    उनले लोकतन्त्रमा नयाँ पार्टीहरु जन्मेर जनताको सेवामा निष्ठापूर्वक समर्पित हुने कुराले राम्रो सन्देश दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend