logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बाढीपहिरोले कोशी राजमार्गमा सात करोड बराबरको क्षति

    बाढीपहिरोले कोशी राजमार्गमा सात करोड बराबरको क्षति

    749
    Shares
    बाढीपहिरोले कोशी राजमार्गमा सात करोड बराबरको क्षति

    संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा सात करोड बराबरको क्षति भएको छ ।

    खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुंगा–अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा एक करोड बराबरको क्षति भएको छ । थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय संखुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए ।

    एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend