logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अष्ट्रियासँग पोल्याण्ड पराजित

    अष्ट्रियासँग पोल्याण्ड पराजित

    476
    Shares
    अष्ट्रियासँग पोल्याण्ड पराजित

    काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । गएराति भएको समूह ‘डी’ को खेलमा पोल्याण्डलाई ३–१ गोलले हराउँदै अष्ट्रिया विजयी भएको हो ।

    अष्ट्रियाका गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक–एक गोल गरेका थिए भने पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएका थिए ।

    खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गरेका थिए । तर ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ गोलको अग्रता दिलाए ।

    यो जितसँगै दुई खेलबाट अष्ट्रियाले ३ अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ । यो समूहमा रहेका नेदरल्यान्ड्स र फ्रान्सको ४–४ अंक छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend