logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • धनुषाधाम नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धनुषाधाम नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    1K
    Shares
    धनुषाधाम नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    काठमाडौँ । धनुषाधाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ र०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

    शुक्रबार नगरपालिकामा एक कार्यक्रम गर्दै पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

    पालिकाले सम्मुनत, समृद्ध, सभ्य धनुषाधाम निर्माणका लागि उर्वर कृषि भुमि तथा तुलनात्मक लाभका रुपमा रहेका जनसांख्यिक लाभाशंलाई सदुपयोग गरी सिप विकास मार्फत उधमशिलता विकास गर्ने योजना अघि सारेको छ ।

    त्यसैगरी लगानी अभिबृद्धि र सेवा व्यवसाय प्रवर्धन माध्यमबाट उच्च आर्थिक वृद्धि हासिल गर्न, गरिवि न्यूनिकरणमा सहयोग पुर्याउन, नागरिकको आय स्तर अभिवृद्धि गर्न, गुणस्तरीय जिवनयापनमा सहयोग गर्न तथा नागरिक र नगरपालिका क्षेत्रको समग्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न यस बजेट, नीति तथा कार्यक्रमले सहयोग पुग्ने विश्वास नगरपालिकाको छ ।

    नगरपालिकाले आन्तरीक श्रोतबाट १ करोड रुपैयाँ, संघीय सरकार र प्रदेश सरकार वित्तीय समानिकरण अनुदानबाट १३ करोड ३७ लाख रुपैयाँ, संघीय सरकार र प्रदेश सरकार राजस्व बाडफाड रकमबाट १२ करोड २२ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाएको छ ।

    त्यसैगरी संघीय सरकार सशर्त अनुदान २४ करोड ४ लाख ९४ हजार रुपैयाँ, संघीय सरकार विषेश अनुदान १ करोड १५ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त र समपुरक अनुदान क्रमश १ करोड रुपैयाँ र २० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ र गत आवको मौज्दात र मालपोत रजिष्ट्रशनबाट २ कारोड ३० लाख गरी नगरपालिकाले ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend