logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित

    कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित

    385
    Shares
    कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित

    काठमाडौं । कोपा अमेरिका फुटबलमा भेनेजुएलाले पहिलो जित निकालेको छ । आज बिहान लेभिस स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा इक्वेडरलाई २–१ गोलले हराउँदै भेनेजुएलाले जित निकालेको हो ।

    भेनेजुएलाका लागि जोन्डर काडिज र एडवार्ड बेलोले एक–एक गोल गरेका थिए । यस्तै, इक्वेडरका जेरेमी सार्मिएन्टोले एक गोल गरेका थिए ।

    खेलमा इक्वेडरले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । इक्वेडरका सार्मिएन्टोले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर ६४औँ मिनेटमा काडिजले गोल गर्दै भेनेजुएलालाई १–१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि भेनेजुएलाकै एडवार्डले ७४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

    यो जितसँगै पहिलो खेलबाट भेनेजुएला ३ अंकका साथ समूह ‘बी’ को शीर्षस्थानमा छ । पराजित भएको इक्वेडर अंकविहीन रहँदै चौथो स्थानमा छ । समान खेल खेलेका मेक्सीको र जमैका एक–एक अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend