logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशत सम्म छुट 

    गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशत सम्म छुट 

    742
    Shares
    गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशत सम्म छुट 

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।

    सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । विकास बैंकका ग्राहकहरुले (संयुक्त राज्य अमेरिका) युएसए मा आधारित कोडिङ शैक्षिक संस्था (कोडिङल) को अधिकृत साझेदार मेन्टरल्याव ईडिएक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् ।

    मेन्टरल्याव ईडिएक्सले बालबालिकाहरुलाई काेडिङ र एआई (Artificial Intelligence) बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ % र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एजजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend